प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्दैन भन्नु गैरकानूनी र गैरसंवैधानिक अभिव्यक्ति हो : मेटमणि चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारमा सहभागी भएको दल नागरिक उन्मुक्ति पार्टी र समर्थन दिएको दल जनता समाजवादी पार्टी, नेपालले सरकारको समर्थन फिर्ता लिएको एक महिना बितिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासका मत नलिएको विषयमा प्रश्न उठाएका छन् ।

उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु नपर्ने भनेर दिएको अभिव्यक्ति नै गैरकानूनी र गैरसंवैधानिक भएको उनको तर्क छ । नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आज ठ्याक्कै एक महिना पुगेको चौधरीको भनाई छ ।

उनले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको व्यक्तिबाट नै संविधानविरोधी अभिव्यक्ति आउनु आपत्तिजनक रहेको भन्दै घोर भत्र्सना गरे । उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन्नँ भनेको विषयमा आपत्ति जनाउँदै भने,‘उहाँले यसरी किन जिकिर गर्नुभएको हो ? कि उहाँले भन्नुपर्यो कि म संविधानभन्दा पनि माथिको मान्छे हुँ भनेर । संविधान र कानून त कागजको खोस्टो हो भनेर भन्नुपर्यो नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *