प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी’ सहिद दिवसको रूपमा मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका सदस्यहरूलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमती, अविवाहित छोरी/छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *