काठमाडौं । प्रतिनिधिसभाको बैठक बैठक भोलि (शुक्रबार) दिनको १ बजे बस्नेगरी स्थगित भएको छ ।
प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर ससद् अवरोध कायमै राखेपछि आजको बैठकको कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरिएको हो ।
संसद् सुरु हुनेबित्तिकै प्रतिपक्षीहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले सभा सञ्चालनको लागि वातावरण बनाइदिन पटक–पटक आग्रह गर्दा पनि प्रतिपक्षीहरु तयार नभएपछि आजको बैठक स्थगित गरिएको हो ।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने बताउँदा पनि प्रतिपक्षी त्यसको लागि तयार भएका थिएनन् ।