प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडाैँ। निर्वाचन आयोगले आगामी प्रतिनिधि र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई दर्ता गर्न आव्हान गरेको छ।

आयोगले शुक्रबार छुट्टाछुट्टै सूचना जारी गर्दै दुवै सदनको निर्वाचनका लागि दल दर्ता गर्न आव्हान गरेको हो। आगामी फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनका तय भएको छ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आव्हान गरेको छ।

आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता भएको मिति लगायतका आवश्यक कागजातसमेत खुलाउन निर्देशन दिएको छ।

फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन्। सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो।

dal-darta_9ckghTHyNK-1763095661.png

dal-darta-2_jpNDSaKvoS-1763095661.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *