काठमाडौं । प्रतिनिधिसभाबाट बजेटसंग सम्बन्धीत दुई आश्रित विधेयक पारित भएका छन्।
शनिबार बसेको प्रतिनिधिसभा बैठकले करका दर समेटिएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गरेको हो। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।
दुई विधयकमाथि प्राप्त संशोधनहरु बहुमतले अस्वीकृत भएको थियो। त्यसअघि आर्थिक विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर प्रणालीका बारेमा बिगतको गुनासोलाई सुनुवाई गर्दै आवश्यक र अत्यावश्यक ठाउँमा मात्र कर संशोधनको प्रस्ताव गरिएको जानकारी दिए।
आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित विकासका लागि अनुकुल हुने गरी कर प्रस्ताव गरिएको उहाको भनाइ छ। पौडेलले एउटै कारोबारबाट सिर्जना भएको कारोवारमा पटक पटक कर लाग्ने विद्यमान व्यवस्थालाई सम्बोधन गर्ने प्रयास गरिएको धारणा राखे।
त्यस्तै उनले मदिरा र सुर्तीजन्य वस्तुले जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले सो वस्तुमा केहि हेरफेर भएको उल्लेख गरे। आर्थिक ऐनले करका दरमा स्थीरता, लगानीका लागि अनुकुल वातावरण बनाउने कोशीस गरेको उनको भनाइ छ।
