काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सँग हुन लागेको पार्टी एकतालाई लिएर माओवादी केन्द्रका नेताहरु दुई धारमा विभाजित भएका छन् । संयोजक पुष्पकमल दाहाल पक्षधर नेताहरु एकताको पक्षमा उभिएका छन् भने एकताको विपक्षमा जनार्दन शर्माले मत राखिराखेका छन् । नेता शर्माले एकीकृत समाजवादीसँगको एकता ऐतिहासिक गल्ती र हानिकारक हुनसक्ने बताएका छन् ।
एकीकृत समाजवादीसँग एकता नगर्न भन्दै जनार्दनले आजको पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव नै राखे । उनले राखेको धारणा र लिखित प्रस्तावलाई माओवादी केन्द्रका संयोजक प्रचण्डले भने अराजकको संज्ञा दिएका छन् । एकीकृत समाजवादीसँगको एकता ‘महाधिवेशन टार्ने कुरा हो भन्ने आरोप छ उहाँको’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासमा संयोजक प्रचण्डले भने, ‘गलत आरोप हो, अराजक ।’
संयोजक प्रचण्डले जनार्दनको प्रस्तुत हुनै शैली नराम्रो रहेको र कसैलाई पनि मन नपर्ने बताए । ‘त्यो शैली उहाँ (जनार्दन) को नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन,’– संयोजक प्रचण्डले भने ।
