पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु

भरतपुर। नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ।

आज ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय किशोर मेक्सन पुन मगरको डुबेर मृत्यु भएको हो।

उनीसहित पाँच जना साथीहरु पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको वडा प्रहरी कार्यालय नारायणगढको विपद् व्यवस्थापनसहितको टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पुर्‍याएको थियो।

मगरलाई भरतपुर अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *