पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः उपसमितिको प्रतिवेदन अख्तियार पठाउने निर्णय

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको भनी उपसमितिले तयार पारेको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ । समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकले थप अनुसन्धान गरी दोषीमाथि कारबाहीको लागि उक्त प्रतिवेदन आयोगमा पठाउने निर्णय भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । करिब २२ अर्बको लगानीमा निर्माण भएको एयरपोर्टमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *