पाल टाँगेर एमाले केन्द्रीय कार्यालय सञ्चालन

काठमाडौं, ८ कात्तिक । नेकपा (एमाले) को केन्द्रीय कार्यालय त्रिपाल टाँगेर सुरु गरिएको छ । च्यासलको तुलसी स्मृति प्रतिष्ठानमा रहेको एमालेको केन्द्रीय कार्यालय गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा आगलागी भएर ध्वस्त भएको थियो । आगलागी भएको करिब डेढ महिनापछि एमालेले त्रिपालमुनिबाट दैनिक कामकाज सुरु गरेको हो ।

त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सुरु गर्न एमाले उपमहासचिव विष्णु रिमाल, नेताहरु भानुभक्त ढकाल, राजन भट्टराई, विष्णु रिजाललगायत च्यासल पुगेका थिए । जेन–जी आन्दोलनको क्रममा धेरै ठाउँमा एमालेको पार्टी कार्यालय जलाइएको छ भने केही नेताहरुको घर र निजी सम्पत्तिमा समेत आगजनी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *