भरतपुर (चितवन) । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो ।
गएराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो हटाएपछि सवारीसाधनको चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।