पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पत्रकार पाठकविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

पाठकले सामाजिक सञ्जाल युट्युव च्यानलमार्फत ‘हिल्टनमा जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामाग्री सम्प्रेषण गरेको आरोप पत्रमा उल्लेख छ । पाठकले ‘काठमाडौंस्थित रहेको पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दिपक भट्टको लगानी रहेको छ । नीज दिपक भट्टमार्फत जयविर देउवा हिल्टनमा जोडिएका छन् । जयवीर देउवाको दुवई र अष्ट्रेलियामा रियल स्टेटको बिजनेश छ’ लगायतका शब्द प्रयोग गरी भिडिओ बनाई घृणा, द्वेष फैलाउने कार्य गरेको, व्यक्तिको चरित्र हत्या परेको आरोप पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *