पतञ्जलि जग्गा प्रकरणमा म ‘नबिराउनु, नडराउनु’ भन्ने पक्षमा छुः अध्यक्ष नेपाल

जनकपुर । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विचलन आएका कारण नेतृत्वप्रति जनआक्रोश र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थन नघटेको बताएका छन् ।

मंगलबार पार्टीको धनुषा जिल्ला कमिटीको सातौँ अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष नेपालले जनआक्रोश र निराशा चिर्न सेवा प्रवाहमा जोड दिनुपर्ने बताए ।

अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिङ्गो कम्युनिष्ट पार्टी नै बदनाम हुन थालेको भन्दै सचेत हुनुपर्ने बताए । उनले पतञ्जलि जग्गा प्रकरणबारे आफू ‘नबिराउनु, नडराउनु’ भन्ने पक्षमा रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *