न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए ओलीको क्याविनेटमा आउनु : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका सांसद ज्ञानबहादुर शाहीले ‘न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याविनेटमा आउनु’ भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले घुस प्रकरणको अडियो नै बाहिर आउँदासमेत राजकुमार गुप्तामाथि कारबाही नभएको भन्दै सरकार र अख्तियारको भूमिकामाथि प्रश्न उठाए ।

गुप्ताले मन्त्री पदबाट राजीनामा दिँदैमा यो केसमा समस्या समाधान नहुने भन्दै शाहीले गुप्तामाथि कारबाहीको माग गरे । उनले भने,‘मन्त्रीले राजीनामा दिँदैमा समस्या समाधान हुन्छ ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस र छानबिन गरियोस ।’ उनले नेपाल सगरमाथा र भगवान गौतम बुद्धको देश भनेर चिनिएकोमा अब भ्रष्टाचारीहरुको पनि देश हो भनेर नाम लेखाउन सरकारलाई भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *