नेसपाद्वारा काश्मीरमाथि भारतले चलाएको ‘अपरेसन सिन्दूर’ को समर्थन

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले पाकिस्तान प्रशासित कश्मीरमा भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ अन्तर्गत जवाफी हमलाको समर्थन गरेको छ ।

मिति २०८२–०१०९ मा आतङ्कवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान समेत गएको हुँदा भारतले सुरु गरेको आतङ्कवाद विरुद्धको कार्यवाही अन्तर्गत पाकिस्तानी आतङ्कवादीको आश्रय स्थललाई ध्वस्त पार्ने कार्य मानवतालाई संरक्षण संवर्द्धन तथा  आतङ्कवादलाई निस्तेज गर्ने कार्य सराहनीय छ’, बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

वैशाख ९ गते जम्बु काश्मीरको पर्यटकीय स्थल पहलगाममा आतङ्कवादी हमलामा परि एक नेपालीसहित २७ जनाले ज्यान गुमाएका थिए ।

nesapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *