नेप्सेमा सामान्य अंकले गिरावट

काठमाडौं । नेप्से नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन १८ दशमलव ४४ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि दुई दशमलव सात अंकले घटेर २९ सय ६२ दशमलव १३ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७८ अंकले घटेर पाँच सय १३ दशमलव नौं अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २१ वटा कम्पनीहरुको एक लाख ७० हजार सात सय २६ पटकको कारोबारमा चार करोड ४१ लाख २४ हजार नौं सय २४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा चार वटा समूहहरूको सूचक बढेर बाँकी समूहहरूको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ८० अंकले घटेर १५ सय २३ दशमलव शून्य एक अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि १९ दशमलव ६५ अंकले घटेर तीन हजार आठ सय ७९ दशमलव शून्य आठ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ९४ दशमलव १८ अंकले घटेर १४ सय ९९ दशमलव १९ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ९७ दशमलव ५१ अंकले घटेर १३ हजार तीन सय ५३ दशमलव २१ अंकमा झरेको छ । यी बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः २१ दशमलव शून्य पाँच, शून्य दशमलव १२, १९ दशमलव पाँच, शून्य दशमलव शून्य चार र २० दशमलव ६१ अंकले घटेका छन् ।

विकास बैंक समूहको सूचक भने एक सय ९३ दशमलव ६८ अंकले बढेर छ हजार पाँच सय ५७ दशमलव ३५ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि ७२ दशमलव ८९ अंकले बढेर २७ सय १७ दशमलव ५९ अंकमा चढेको छ । यसै गरी उत्पादनमूलक र व्यापार समूहको सूचक पनि क्रमशः एक सय ३६ दशमलव ३९ र एक सय ४१ दशमलव ११ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा विन्ध्यवासिनी हाइड्रोपावर कम्पनी परेको छ । यसै गरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम सिमेन्ट कम्पनी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *