नेप्सेमा दोहोरो अंकले बृद्धि, १० अर्ब ८२ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने १६ दशमलव ६५ अंक अर्थात शुन्य दशमलव ५८ प्रतिशतले बढेर २८ सय ७५ दशमलव ५५ अंक विन्दुमा आइपुगेको छ ।

नेप्सेमा आज ३२५ वटा कम्पनीको एक लाख ४९ हजार २७४ पटकको कारोबारमा दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम १० अर्ब ८२ करोड २४ लाख ४९ हजार चार सय दुई रुपैयाँ पुगेको छ ।

नेप्सो आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सात वटा समूहहरुको सूचक बढेर बाँकी समूहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूसचक एक दशमलव ६२ प्रतिशतले बढेर १५ सय दशमलव ६४ अंकमा पुगेकोमा व्यापार समूहको सूचक पनि दुई दशमलव नौं प्रतिशतले बढेर ४३ सय ५४ दशमलव २४ अंकमा पुगेको छ ।

जलबिद्युत समूहको सूचक पनि शुन्य दशमलव २१ प्रतिशतले बढेर तीन हजार सात सय ५६ दशमलव ५७ अंकमा पुगेकोमा जीवन बिमा समूहको सूचक पनि शुन्य दशमलव ६७ प्रतिशतले बढेर १३ हजार पाँच सय ८४ दशमलव ५८ अंकमा पुगेको छ ।

बिकास बैंक समूहको सूचक भने आज शुन्य दशमलव २७ प्रतिशतले घटेर छ हजार एक सय ६८ दशमलव ४१ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि शुन्य दशमलव ७६ प्रतिशतले घटेर २५ सय सात दशमलव ५६ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि शुन्य दशमलव ४३ प्रतिशतले घटेर १२ हजार ९१६ दशमलव ३४ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा सिक्लेस हाईड्रोपावर कम्पनी, स्वेत गंगा हाईड्रोपावर कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीको सुचीमा टेड टावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।

उक्त कम्पनीको एक हजार ४५ रुपैयाँ अन्तिम मुल्यमा ५२ करोड २५ लाख ४१ हजार पाँच सय ३८ रुपैयाँको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *