नेप्सेको ओरालो यात्रा कायमै, ७ अर्बको कारोबार गरेर सेयर बजार बन्द

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से खुम्चिएको छ । नेप्से आज बिहिबार पनि चार दशमलव ४५ अंकले घटेर २ हजार ५९५ दशमलव ७४ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव २१ अंकले घटेर ४४३ दशमलव ९० अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको ७४ हजार २३९ पटकको कारोबारमा एक करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ७८ करोड दुई लाख ४२ हजार दुई सय ४३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ६० अंकले घटेर १३ सय ३२ दशमलव ६९ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि ९ दशमलव ५० अंकले घटेर २३ सय १७ दशमलव ६४ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक ४२ दशमलव ९५ अंकले घटेर १२ हजार चार सय ६१ दशमलव ५५ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ४९ दशमलव सात अंकले घटेर ११ हजार आठ सय ८१ दशमलव ६४ अंकमा झरेको छ ।

विकास बैंक समूहको सूचक भने ५२ दशमलव ८८ अंकले बढेर पाँच हजार दुई सय ९६ दशमलव ८२ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि तीन दशमलव ८२ अंकले बढेर तीन हजार पाँच सय ५२ दशशमलव २२ अंकमा चढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायवल समृद्धि योजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्नैै कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुटवल पावर कम्पनी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *