काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । पेमेन्ट तथा सेटलमेन्ट विभागका कार्यकारी निर्देशक पण्डितले आजदेखि जिम्मेबारी लिएका हुन् ।
गभर्नर प्रा.डा. विश्व पौडेलले पण्डितलाई सो जिम्मेवारी सुम्पिएका हुन् । प्रवक्ताको जिम्मेवारी सम्हालेका पण्डित २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् ।