नेपाल बैंक लिमिटेडका तत्कालिन अध्यक्ष अधिकारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी समेत ५ जना भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टको नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई गरी भ्रष्टाचार गरेको भन्दै आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२६ गते।
——————————————
नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी समेतले जिल्ला रुपन्देही सिद्धार्थनगर-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको Radisson project को नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी नगद रु.१९,००,०००।- (उन्नाईस लाख) रकम लिएको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा, जिल्ला रुपन्देही सिद्धार्थनगर-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको Radisson project ले  रू. १ अर्ब ७७ करोड २९ लाख ८६ हजार सात सय छैसट्टी ऋण लिनको लागि नेपाल बैङ्क लिमिटेड प्रधान कार्यालयमा कागजात पेश गरी ऋण प्रक्रिया अगाडी बढेको देखिएको। ऋण प्रक्रियाको लागि नेपाल बैंक लिमिटेडमा कागजात पेश गरे पश्चात भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजको छोरा तथा भुसाल हस्पिटालिटीका सेयर सदस्य अंकित भुसालको संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीसँग पटक पटक WhatsApp मार्फत कुराकानी, भेटघाट हुने गरेको। चन्द्र बहादुर अधिकारीले नेपाल बैङ्कवाट ऋण मिलाई दिन सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भन्ने खुस नसिब अन्सारी समेतका प्रतिबादीहरूसँगको मिलोमतोमा मिति २०८१।०५।३० गते भुसाल हस्पिटालिटीका अंकित भुसालसँग रकम माग गरे पश्चात निज प्रतिबादी बालकृष्ण भुसालको प्राईम बैंकको चेक प्राप्त गरी गराई भारतीय नागरीक लक्की खान भन्ने खुस नसिब अन्सारीकोमा काम गर्ने राकेश थापालाई चेक सटही गर्न लगाई रू.७००,०००।- (सात लाख) र  शारदा गुप्ताको नाममा दर्ता रहेको Ananya Enterprises  सिटिजन बैङ्कको खातामा अमृत भुसालको एभरेष्ट बैङ्क मार्फत रू.१२,००,०००।–रकम ट्रान्सफर गर्न लगाई जम्मा गरे गराएको देखिएको।सो रु.१९,००,०००।–(उन्नाईस लाख रकम भारतीय नागरीक लक्की भन्ने खुस नसिब अन्सारीमार्फत चन्द्र बहादुर अधिकारीले प्राप्त गरेको देखिएको।प्रतिवादीहरु चन्द्र बहादुर अधिकारी समेतले भुसाल हस्पिटालिटीलाई नेपाल बैङ्क लिमिटेडबाट ऋण लिन सहजीकरण गर्न गराउन जम्मा रु.१९,००,०००।–(उन्नाईस लाख) घुस रिसवत रकम भुसाल हस्पिटालिटीका पदाधिकारी बालकृष्ण भुसालसमेतसँग माग गरी लिन दिन मञ्जुर समेत भई लिएको देखिएको।घुस रिसवत बापत लिई सटही गरेको चेकको बिवरण, ट्रान्सफर गरिएको रकम समेतको बिवरण सहितको कागजात मिति २०८१/१०/२३ गते चन्द्र बहादुर अधिकारीको घरकोठाबाट बरामद समेत भएको देखिएको।नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीले लक्की खान भन्ने खुसनसिब अन्सारी समेतका प्रतिवादीहरूको मिलेमतोमा नेपाल बैक लिमिटेडबाट भुसाल हस्पिटालिटीलाई ऋण उपलब्ध गराउन सहजीकरण गरिदिन्छु भनी बालकृष्ण भुसाल, अमृत भुसाल र अंकित भुसालसँग जम्मा रु.१९,००,०००।–(उन्नाईस लाख) घुस रिसवत लिएको देखिएको। क्रमश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *