नेपाल धितोपत्र बोर्डमा अख्तियारकाे छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ । जलविद्युत् कम्पनीहरूको आईपीओ प्रक्रिया अघि बढाउन बोर्ड प्रमुखले कमिसन मागेको आरोप लागेपछि अख्तियारले बोर्डमा छापा मारेको हो । बुधबार दिउँसो अख्तियारको टोलीले छापा मारेको हो । अख्तियारको टोलीले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइल लगेको छ । धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले लगाएको थियो भने बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दल नेकपा माओवादी केन्द्र र राप्रपाले बोर्डका प्रमुखले कमिसन मागेको भन्दै कारबाही गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *