नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्टइन्डिजसँग सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले वेस्टइन्डिजसँग ३ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको हो। उक्त सिरिज आगामी सेप्टेम्बरमा हुने भएको छ।

सेप्टेम्बर २७, २८ र ३० तारिखमा यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल हुने क्यानले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *