काठमाडौं । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं पूर्वमन्त्री रेखा शर्माले निजी विद्यालयलाई एकदमै कडा नियमनको साथ गैरनाफामूलक र सेवामूलक बनाउँदै लानुपर्ने बताएकी छन् ।
आज (शुक्रबार) प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यसो गर्न नसकिएको खण्डमा अझm शिक्षामा विभेद बढ्दैजाने बताईन् । निजी विद्यालय गैरनाफामूलक र सेवामूलक बनाइनुपर्ने कुरा ऐनमा व्यवस्था गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
‘यो ऐन प्रारम्भ भएको मितिले निश्चित समयावधि राखेर नेपाल राज्यभित्र सञ्चालित निजी लगानीका विद्यालय क्रमशः गैरनाफामूलक र सेवामूलक रुपमा रुपान्तरण गरिनेछ भन्न किन नसक्ने ? अझ यसलाई व्यापार र विभेदलाई बढाउँदै जाने हो भन्ने म्यासेज दिने कि त्यो गर्ने भन्ने कुरा हो । निकास निकाल्नेगरी सोच्ने हो भने यसरी जाऔं । संविधानको व्यवस्था पनि कोड गरौं,’– उनले भनिन् ।
