निजामति विधेयकबारे मन्त्री गुरुङको टिप्पणीः यो हल्लैहल्लाको देश हो, हल्ला भइरहन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती विधेयक रोक्न कर्मचारीले दवाब दिएको भनि बाहिरिएको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।

आज (बुधबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले कर्मचारीले दवाब दिएको भन्ने कुरा हल्लामात्रै रहेको बताएका हुन् । उनले कवि भूपी शेरचनको कविता स्मरण गराउँदै यहाँ हल्ला भइरहने बताए ।

‘राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिवेदन चाहीँ बुझाउने भनेका छौं । अब छलफल बाँकी, अन्तिम चरणमा छ । कर्मचारीले दवाब दियो, कसले के दियो, यो हल्लैहलाको देश हो । भूपी शरेचनको भाषामा भन्ने हो भने यो हल्लैहल्लाको देश हो । हल्ला त भइरहन्छ,’– उनले भने ।

उक्त विधेयक अन्तिम चरणमा पुगेको र कसैको दवाब भन्दा पनि समितिमा गइसकेपछि आवश्यक संशोधनसहितको दफावार छलफल गरेर टुङ्गिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *