काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको पद तथा गोपनीयताको शपथ ग्रहण आज बेलुका ६ बजे हुने भएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिउँसो ३ बजेकाका लागि समय तय गरेको थियो । तर, प्रधानमन्त्रीको कार्य व्यस्तताले ३ घण्टा समय पर सारिएको बताइएको छ ।
मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउनका लागि २५ लाख घुस डिल गरेको अडिओ आएपछि राजकुमार गुप्ताले सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिएका थिए । गुप्ताले राजीनामा दिएलगत्तै प्रधानमन्त्री ओलीले न्यौपानेलाई सामान्य प्रशासन मन्त्री नियुक्त गरेका हुन् ।
