धादिङको जरेखेतमा पहिरो, काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग ठप्प

काठमाडौं । धादिङको गल्छी गाउँपालिका६ जरेखेतमा पहिरो खस्दा काठमाडौं प्रवेश गर्ने पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ।

रूखसहितको पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडक खण्ड दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिए सडक सुचारु हुन नसकेको धादिङ प्रहरीले जनाएको छ।

पहिरोका कारण काठमाडौंतर्फ जाने सवारीसाधन गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन्।

लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन्।

यस्तै बागलुङको बडिगाड गाउँपालिका२ खर्बाङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध बनेको छ। पहिरोले बागलुङबुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौंलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरीको भनाइ छ।

उता गुल्मीको रिडीवामीटक्सार सडक पनि अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सडक अवरुद्ध हुँदा रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। सवारी सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको छ। तरवर्षा जारी रहेकाले सडक सञ्चालन हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *