काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणालाई धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश शिवप्रसाद खनालको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो । उनीसँग तीन लाख धरौटी माग गरिएको छ ।
गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनपछि पक्राउ परेका धवल उचारका लागि साधारण तारेखमा रिहा भएका थिए । नेता शमशेर आज बयानका लागि अदालतमा हाजिर भएका थिए । बन्दीप्रत्यक्षीकरणको टिममार्फत रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने हाल फरार छन् ।