देशका छुट्टाछुट्टा स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । देशका छुट्टाछुट्टा स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ स्थित इटभु चोकमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको बसको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका-४ मंगलाछेँ घर भई भक्तपुर आदर्श बस्ने ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहट फतुवा बिजयपुर नगरपालिका-८ बिजयपुर टोलस्थित सडकमा ना.२५ प ५१७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६७ वर्षीया रबली देवी थारूनीको मृत्यु भएको छ। सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *