दुर्घटनामा एक जनाको मृत्यु

बर्दिया । बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं २ राजीपुरका ७१ वर्षीय तारासिंह हमाल रहेका छन्।

धान काटेर फर्कदै गरेको कम्पाईनले दिउँसो साढे दुई बजेको समयमा हमाललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक भुपेन्द्र कुमार बुढाथोकीले बताए। दुर्घटना पश्चात् हमाललाई तत्काल राजापुर नगर अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

कम्पाइन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *