दुई स्थानीय तहको केन्द्र परिवर्तन गर्दै सरकार

काठमाडौं । सरकारले दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो।

महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुनेछ।

यस्तै दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *