काठमाडौं । दिपक मनाङ्गे गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् । फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेका मनाङ्गेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने निर्णय गरेको हो।
संवैधानिक इजलासले मनाङ्गे फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण उल्लेख गर्दै प्रदेशसभा सदस्यबाट पदमुक्त हुने निर्णय गरेको हो । साथै, उनले विवरण ढाँटेर प्रदेशसभा सदस्य बनेकोसमेत इजलासको ठहर छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मनाङ्गे हाल फैसला कार्यान्वयनको क्रममा थुनामा छन् ।