दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट, २८ लाख विद्यार्थी लाभान्वित

काठमाडौँ । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै १० अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो कार्यक्रममार्फत २८ लाख विद्यार्थी लाभान्वित हुने जानकारी दिए। यसैगरी, विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र स्नातक उत्तीर्ण विद्यार्थीहरूलाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गर्ने योजना पनि उनले सार्वजनिक गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *