दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं। सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश ऋषि राजभण्डारीको इजलासले पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न आदेश दिएका हुन्।

साइबर अपराध मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो। सोविरुद्ध सञ्चारकर्मी पाठक उच्च अदालत पाटन पुगेका थिए।

अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *