तोलामा ३४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा ३४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ९३ हजार १०० रुपौयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार चाँदी २ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।

आज दश ग्राम सुनको मूल्य एक लाख ६८ हजार ४७० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय २९ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *