काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।
