तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार

इजरायली रक्षा बल (आइडीएफ) ले इरानको राजधानी तेहरानको सैन्य ठेगानामाथि हवाई आक्रमण गरिरहेको जनाएको छ। यसबिच, इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।

रक्षा बलले इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ।

यसैबिच, इरानको सरकारी टेलिभिजनले ‘ट्रु प्रमिस’ नामक कारबाहीअन्तर्गत दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरिएको दाबी गरेको छ।

स्थिति थप तनावपूर्ण बन्दै गइरहेको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहेको बीबीसीले जनाएको छ। 

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ताबीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन वार्ता भएको छ । इरान र इजरायलबीचको तनावका बेला दुई नेताबीच टेलिफोन वार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।  रूसी विदेश नीति सल्लाहकार युरी उसाकोवका अनुसार, ट्रम्पसँग ५० मिनेट भएको कुराकानीमा राष्ट्रपति पुटिनले इरानविरुद्ध इजरायली अभियानलाई निन्दा गरेको बताएको बीबीसीले जनाएको छ ।  पुटिनसँग ट्रम्पले इजरायल र इरानबीचको तनावकाबारेमा कुराकानी गरेको बताए शनिबार क्रेमलिनका प्रवक्ताले मध्यपूर्वमा भएको तनावलाई निन्दा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *