काठमाडौं । साताको कारोबारको तेस्रो दिन शेयर बजार ३०.४९ अंकले बढेको छ । आज शेयर बजार ३ हजार १ दशमलव ८० अंकमा रोकिएको छ । आज १८ अर्ब ५२ करोड माथिको कारोबार भएको छ ।
आज विकास बैंक र फाइन्सको समूह घटेको छ । बैंक १.४ प्रतिशत,व्यापार ०.३५ प्रतिशत, होटल एण्ड टुरिजम ०.०४ प्रतिशत, हाइड्रोपावर ०.४ प्रतिशत, माइक्रो फाइनन्स १.५७ प्रतिशत, निर्जीवन विमा कम्पनी १.०८ प्रतिशत, जीवन विमा कम्पनी ०.९८ प्रतिशत, उत्पादन ०.८८ प्रतिशत, म्युचल फन्ड ०.८३ प्रतिशत, लगानी १.०९ प्रतिशत र अन्य समूह २.६९ प्रतिशत बढेको छ ।
विकास बैंक र फाइनन्स समूह भने क्रमशः ०.४९ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ । आज ट्रेड टावर, सान्भी इनर्जी, मुक्तिनाथ कृषि कम्पनी, नाडेप लघुवित्तको शेयरमा सकारात्क सर्किट लागेको छ । त्यस्तै, समता लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ भने उन्नति सहकार्य लघुवित्त, विन्दाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, स्वेतगंगा हाइड्रोपावर लगायतको शेयर मूल्यमा गिरावट आएको छ ।
