काठमाडौं । तीन उपसचिवसहित १८ कर्मचारीको सरुवा गरिएको छ। महालेखा नियन्त्रक कार्यालयले लेखाका तीन उपसचिवसहित १८ कर्मचारीको सरुवा गरेको हो।
उपसचिव मधुसुदन पौडेललाई महालेखा नियन्त्रक कार्यालय (पुल) बाट परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ। परराष्ट्र मन्त्रालयका उपसचिव यदुनाथ भट्टराईलाई महालेखा नियन्त्रक कार्यालयमा ल्याइएको छ। सडक विभागका उपसचिव रबिन कोइरालाको पनि महालेखा नियन्त्रक कार्यालयमै सरुवा भएको छ।
महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक राम चन्द्र शर्मालाई सडक विभाग पठाइएको छ। लेखा अधिकृत शंकर न्यौपानेलाई परराष्ट्र मन्त्रालय पठाउँदा खानेपानी तथा ढल व्यवस्थापन आयोजना रुपन्देहीका लेखा अधिकृत दिलीप कुमार मिश्रलाई प्रदेश प्रमुखको कार्यालय लुम्बिनीमा पठाइएको छ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजना मकवानपुरका लेखा अधिकृत कपिल प्रसाद अर्याललाई किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र मकवानपुरमा कामकाजमा गरिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजना कैलालीका लेखा अधिकृत दिन राज जोशीलाई गेटा अस्पताल धनगढी खटाइएको छ। खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतमा कार्यरत लेखा अधिकृत वसन्त राज श्रेष्ठलाई शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना, क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय बाँकेमा पठाइएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरमा कार्यरत लेखा अधिकृत विकास भट्टराईलाई काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरमा ल्याइएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका लेखा अधिकृत कृष्ण प्रसाद शर्मालाई खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र भक्तपुरमा ल्याइएको छ। महालेखा नियन्त्रक कार्यालयमा कार्यरत लेखा अधिकृत डिल्ली अधिकारीलाई राहदानी विभाग काठमाडौंमा खटाइएको छ।
यसैगरी आ.ले. प अधिकृत प्रमोद मैनालीलाई कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धाराबाट किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र मकवानपुरमा सरुवा गरिएको छ। कोष तथा लेखा नियन्त्रक त्रिपुरेश्वरका कोष नियन्त्रक युवराज भट्टराईलाई सडक डिभिजन कार्यालय मोरङमा पठाइएको छ । लेखा अधिकृत जेनी भट्टलाई मालपोत कार्यालय धादिङबाट कान्ति बाल अस्पताल काठमाडौं काजमा खटाइएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, नुवाकोटमा कार्यरत लेखा अधिकृत ललिता कँडेललाई खानी तथा भूगर्भ विभाग काठमाडौंमा ल्याइएको छ। लेखा अधिकृत रेनु गोदारलाई कोष तथा लेखा नियन्त्रक कार्यालय, रसुवाबाट महालेखा नियन्त्रक कार्यालय काठमाडौंमा पठाइएको छ। खानी तथा भूगर्भ विभाग काठमाडौंमा कार्यरत लेखा अधिकृत प्रभा श्रेष्ठलाई कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारामा काजमा खटाइएको कार्यालयले जनाएको छ। उनीहरूको पटक/पटक गरी सरुवा गरिएको हो।
