डेडिकेटेड ट्रङ्कलाइन विवाद ८ वर्षपछि समाधानको बाटोमा गएको छः हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड ट्रङ्कलाइनको बक्यौता विवाद समाधानको बाटोमा गएको बताएका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधान गर्दै उनले ८ वर्षपछि उक्त विवाद समाधानको बाटोमा अगाडि बढेको बताएका हुन् ।

‘डेडिकेटेडको पुनरावलोकन प्रक्रिया समाधानको बाटोमा छ । सुरुवात भइसक्यो । ८ वर्ष पछाडि समाधानको बाटोमा गएको छ । त्यसको तपाईहरुले सराहना गर्नुहोला भन्ने आशा गरेको छु,’– उनले भने ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड लाइनमार्फत उद्योगहरुलाई विजुली बेचेको २२ अर्ब २४ करोड भन्दा बढी वक्यौता उठाउन बाँकी रहेको छ । विभिन्न उद्योगसँग बक्यौता उठाउन बाँकी रहेको अवस्थामा प्राधिकरणले भने आयोजनाहरुको बिल भुक्तानीको लागि १० अर्ब ऋण लिने तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *