संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ताको मिति र स्थान तय भएको छ । यी दुई राष्ट्रपतिबीच अलास्कामा आउने शुक्रबार भेट हुने तय भएको छ । रसिया–युक्रेन युद्ध रोक्नको लागि ट्रम्पले पुटिनसँग भेट्न लागेको बताईएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यही अगष्ट १५ तारिखमा पुटिनसँग आफ्नो भेट तय भएको जानकारी गराएका छन् । यो जानकारीलाई रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले पनि पुष्टि गरेको छ । दुई राष्ट्रपतिबीच भेटवार्ता तय भएपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफू स्थायी शान्तिको लागि तयार रहेको बताएका छन् । यो युद्ध अन्त्य गर्नको लागि निकालिने उपायको बारेमा युक्रेनलाई पनि अनिवार्य समावेश गरिनुपर्ने उनको मत छ ।
