ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

मुस्ताङ । मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने एक जना घाइते भएका छन्।

फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर यहाँको घरपझोङ–३ स्याङ स्थित बेनी–जोमसोम सडकमार्गमा आज साँझ करिब साँढे ८ बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका निसी खोला गाउँपालिका–५ बाग्लुङका ३० वर्षीय ट्याक्टर चालक शेरबहादुर घर्ती मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताए।

दुर्घटनामा गोर्खा धार्चे गाउँपालिका–५ माछीखोला बस्ने ६० वर्षीय आशबहादुर गुरुङ घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *