काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नेकपा (क्रान्तिकारी माओवादी) का मोहन बैद्य ‘किरण’ लाई भेट गरेका छन् । वैद्य भेट्न प्रचण्ड आज उनकै निवास टोखा पुगेका थिए ।
भेटका क्रममा स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएकोप्रति प्रचण्डले खुशी व्यक्त गरे । साथै प्रचण्डले वैद्यको पूर्ण स्वास्थ्य लाभको कामनासमेत गरे ।
