टरिगाउँ एयरपोर्टको जग्गा अधिकरणका लागि एक करोड छुट्याइनु हाँस्यास्पदः दीपक गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दीपक गिरीले टरिगाउँ एयरपोर्टको जग्गा अधिकरणका लागि एक करोड छुट्याइनु हाँस्यास्पद रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले एयरपोर्टको जग्गा अधिकरणका लागि ७० देखि ९० करोड लाग्नेमा एक करोड छुट्याइनु हाँस्यास्पद रहेको बताए ।

टरिगाउँ एयरपोर्टलाई जग्गा अधिकरणको लागि ७० देखि ९० करोड लाग्छ, अहिले केही गर्नुस् भने । मलाई आशा लागेको थियो, मलाई विश्वास थियो । …..विश्वासको साथ दङ्गाली जनतालाई भनेको थिए– एयरपोर्ट बन्छ भनेर । अब मैले उहाँहरुलाई अभिनन्दन गरौं, अथवा माला पहिर्याउँ ? टरिगाउँ एयरपोर्टको जग्गा अधिकरण गर्नलाई एक करोड । यो हाँस्यास्पद हो, जनताको प्रतिनिधिलाई नङ्ग्याउन खोजेको हो कि ? के हो यो ?’ प्रश्न गर्दैै उनले भने ।

साथै, उनले मुलुक विस्तारै–विस्तारै धरापतिर गइरहेको बताए । नेता गिरीले बजेट सत्ताधारीको मात्रै जस्तो बनाइएको बताए । उनले बजेट बडो डरलाग्दो र भुसमा सल्किएको आगोजस्तो रहेको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *