झापामा तीन जना मृत फेला

बनियानी(झापा) । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा-११ नयाँबस्तीमा शव भेटिएका हुन् । 

अर्जुनधारा-४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड-२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा-११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छ जनाइएको छ । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *