झलनाथलाई माधवको सुझावः केपी ओलीको सेवा गरेर बसे हुन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई विद्रोहको औचित्य नभए नेकपा (एमाले) मै फर्किन सुझाव दिएका छन् ।

पार्टीनिकट उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सम्मानित नेता खनालले पार्टीको बदख्वाइँ गरेको, मिडियामा गएर विद्रोहको औचित्य छैन भनेको बताएका हुन् ।

‘मिडियामा जाने, पार्टीको बदख्वाईँ गर्ने, मिडियामा जाने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्यो विद्रोह नै ठीक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्यो नि,’– उनले भने ।

अध्यक्ष नेपालले आफूहरुले विद्रोहको आँट गरेर ठीक गरेको बताए । पहिलो गाँसमा नै आफूहरुले सुनको सिक्का पाएको पनि उनले बताए । संविधान मिच्ने र संविधान उल्लङ्घन गर्ने काम भइरहेको बेलामा आफूहरुले विद्रोह गरेको पनि उनले बताए ।

‘संविधान मिच्ने काम भइराखेको थियो, संविधान उल्लङ्घन गर्ने काम भइरहेको थियो । यसको विरुद्धमा हामीले विद्रोह गर्यौं । राजनिितक लडाइमा पनि जित्यौं, कानूनी लडाइँमा पनि जित्यौं,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *