काठमाडौं । माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए। तर, प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो।

