सुर्खेत । कालिकोटमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। खाँडाचक्र नगरपालिका–१० मा जीप दुर्घटना हुँदा सात जना घाइते भएका हुन्।
कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। शुक्रबार बिहान करिब साढे ८ बजेतिर जीप दुर्घटना परेको प्रहरीको भनाइ छ।
जीप सडकबाट करिब १०० मिटर तल खसेको र घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल कालिकोट पुर्याइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको र उनीहरूको पहिचान खुल्न सकेको छैन।
