जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । प्रदेशअन्तर्गतका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टी स्रोतले जानकारी दिएको छ । जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (वैशाख २६ गते) हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने बताइएको छ । शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा सङ्खुवासभा जिल्ला समितिको अधिवेशन हुने भएको छ । विराटनगरस्थित मारवाडी सेवा सदनको सभा हलमा वैशाख २९ र ३० गते जसपा नेपालको मोरङ जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ इनरुवास्थित सत्यनारायण मन्दिरमा वैशाख ३० र ३१ गते सुनसरी जिल्ला अधिवेशनको आयोजना गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *