जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी विरुद्ध राप्रपाले गर्यो कू, सुवेदीको ठाउँमा कार्की, तेस्रो पट्क खोसियो प्रवक्ता लावतीको जिम्मेवारी

काठमाण्डौं । जेठ १५ देखि अनिश्चितकालिन जनआन्दोलनको हुंकार दिएर ६ दिनमै आन्दोलन तुहिएपछि राजा फर्काउने आन्दोलनबारे नाजावाफ बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अहिले पार्टीभित्रैका आलोचकहरुलाई निष्काशन गर्ने असारे खेतीमा लागेको छ । यसको सुरुवात उसले जनआन्दोलन समितिका संयोजकलाई पदमुक्त गरेर सुरु गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक रहेका नवराज सुवेदीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असार २५ गते कू गरेको छ । साथमा सुवेदीका निकट सहयोगी रहेका पार्टी प्रवक्ताको जिम्मेवारीबाट सगुनसुन्दर लावतीलाई हटाएको छ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवराज सुवेदीलाई हटाएको तथ्य लुकाएर अनुशासन समितिमा साँसद रोशन कार्कीलाई मनोनित गरेको भन्दै विज्ञप्ती जारी गरेको छ । ७ प्रवक्ता मध्येका अध्यक्ष लिङ्देन निकट प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार प्रवक्ताको जिम्मेवारीबाट लावतीलाई हटाएको कुरा मात्रै उल्लेख गरेका छन । उनले साँसद तथा पार्टीका वरिष्ठ नेता रोशन कार्कीलाई अनुशासन समितिमा मनोनित गरेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन । नवराज सुवेदीलाई पदमुक्त गरेको कुरा लुकाएर सुवेदीको जिम्मेवारी रोशन कार्कीलाई दिएको तथ्य मात्र राप्रपाको विज्ञप्तीमा उल्लेख छ ।

लावतीमाथि केही समयदेखि पार्टी गतिविधिमा सक्रिय रूपमा सहभागी नरहेको आरोप लागेको थियो।
पार्टीको बृहत्तर हित तथा एकताविरूद्धका गतिविधिमा लागेको, पार्टी गतिविधिमा भन्दा पनि अभियानमा रमाएको र राप्रपाका गतिविधिमा असहयोग गरेपछि प्रवक्ताबाट पदमुक्त गरिएको अध्यक्ष लिङ्देन निकट प्रवक्ता श्रेष्ठले संचार माद्यमहरुलाई प्रतिक्रिया दिएका छन ।
लावती पछिल्लो समय नवराज सुवेदी नेतृत्वको ’संयुक्त जनआन्दोलन समिति’ मा क्रियाशील भएको र राप्रपाका कार्यक्रममा सहभागी नरहेको आरोपमा नै लावतीलाई पदच्यूत गरिएको तथ्य ओपन सेक्रेट छ ।

राप्रपाका संस्थापक नेता पद्म सुन्दर लावतीका छोरा, पत्रकार तथा राप्रपाका लोकप्रिय युवा नेता लावतीलाई राप्रपाले पहिले अन्र्तराष्ट्रिय समन्वय विभाग प्रमुख र संगठन विभागको प्रमुखबाट पनि हटाएको थियो । अहिले ७ जना रहेको प्रवक्ताको जिम्मेवारीबाट पनि हटाएको छ । राप्रपाकै कारण जनआन्दोलन तुहिएपछि संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदी र उनका निकट सहयोगी लावतीमाथि राप्रपाले गरेको पछिल्लो कू ले राप्रपाभित्र पुनः फुटको खतराको संकेत गरेको छ ।

आफू माखो मार्न नसक्ने, अरुले नेतृत्व लिएर राजसंस्था र हिन्दुअधिराज्यको मुद्धामा आन्दोलनको नेतृत्व गर्दा पार्टी जिम्मेवारीबाट हटाउने राप्रपा संस्थापन पक्षको नयाँ कोतपर्वलाई खासा राजावादीहरुले राप्रपा नेतृत्वको कमजोरीका रुपमा व्याख्या गर्न थालेका छन । पार्टी राजनीति नगरी स्वतन्त्र रुपमा राजा फर्काउने आन्दोलनको नेतृत्व गर्छु भनेका जनआन्दोलन समितिका संयोजक सुवेदी र लावतीको पार्टी सदस्यता खारेज गर्ने आँट भने राप्रपाले किन गर्न नसकेको हो भन्ने प्रश्नमा पनि राप्रपामा ठूलै बहस र तरंग छ ।

जेठ १५ को ६ दिने राजधानी केन्द्रीत आन्दोलन कमजोर हुदै सेलाउनुमा राप्रपाकै असक्षमता हो भन्ने जगजाहेर भएपछि राप्रपा अहिले नेतृत्वका कमीकमजोरीहरुमा फेससेभ गर्न जनआन्दोलन समितिमा लाग्नेहरुलाई दागी दागी जिम्मेवारीबाट हटाउनतिर लागेको देखिन्छ । यो राप्रपा नेतृत्वको अर्को कायर कदम भएको पार्टीकै नेता कार्यकत्र्ताहरु बताउँछन ।
व्यूरो रिर्पोट, जिटिभी नेटवर्क ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *