काठमाडौं । रूकुमपूर्वमा जंगली च्याउको तरकारी खाँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर बिरामी भएका छन्।
भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा दिदीभाइ ज्यान गएको हो। ज्यान गुमाउनेमा राजकुमारी विकका ३ वर्षीय छोरा योजन विक र ७ वर्षीया छोरी भाग्यरेखा विक रहेको रूकुमपूर्व प्रहरीले जनाएको छ।
यही साउन २ गते रातिको खानामा उनीहरूले च्याउको तरकारी खाएको बताइएको छ। उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विक र राजकुमारीकी अर्की छोरी ९ वर्षीया आयुषा विकको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीद्ये जनाएको छ।
आयुषााको भेरी अस्पताल नेपालगञ्जमा र राजकुमारीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको छ।
