छानबिन समितिप्रति राप्रपा असन्तुष्ट, संसद् बहिस्कारलाई निरन्तरता दिने

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले सरकारले भिजिट भिसा प्रकरणमा गठन गरेको छानबिन समितिलाई झारा टार्ने कामको संज्ञा दिएको छ । सरकारले हिजो (सोमबार) को मन्त्रिपरिषद् बैठकमार्फत पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । त्यसलाई लिएर राप्रपाले असन्तुष्टि जनाएको छ ।

राप्रपाले आजको प्रतिनिधिसभा बैठकमा पनि विरोध कायमै राख्ने निर्णय लिएको छ । रास्वपा भने यतिवेला आन्तरिक छलफलमा छ । भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा यतिवेला आन्दोलित छ ।

दुवै दलले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएका छन् । रास्वपाले संसदीय वा उच्चस्तरीय न्यायिक आयोग भनेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *